arrow

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

प्रज्ञा–प्रतिष्ठान र अनुसन्धान विधेयकमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
lumbini-pradesh- sabha.jpg

काठमाडौँ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११:०० बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समय र विभिन्न विधेयकहरूमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।

बैठकको सुरुमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्नेछन्। त्यसपछि उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ। यी विधेयकहरू पारित भएमा प्रदेशमा प्राज्ञिक र अनुसन्धानका क्षेत्रमा नयाँ संरचना निर्माण हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ