परराष्ट्रमन्त्री खनाल हिन्द महासागर सम्मेलनमा सहभागी हुन मरिसस जाँदै
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २६ बिहिबार
722
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी पोर्ट लुइसमा आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन्।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ भन्ने शीर्षकमा यही चैत २७ र २८ गते सञ्चालन हुने उक्त सम्मेलन मरिसस सरकार र इन्डिया फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको हो।
सम्मेलनका क्रममा मन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्दै हिन्द महासागर क्षेत्रको सुशासन, पहाड र महासागरबीचको पारिस्थितिक सम्बन्ध तथा आर्थिक समृद्धिका लागि समुद्री सम्पर्कको रणनीतिक महत्त्वका विषयमा नेपालको दृष्टिकोण स्पष्ट पार्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। मन्त्री खनाल यही चैत ३० गते स्वदेश फर्कने छन्।