arrow

सरकार सुशासन र द्रुत आर्थिक विकासमा प्रतिबद्ध: परराष्ट्रमन्त्री खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
sisir-khanals-21.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागिपरेको बताएका छन्। बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

नागरिकहरूमा परिवर्तनप्रतिको तीव्र आकाङ्क्षा रहेकाले त्यसलाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने मन्त्री खनालले बताए। मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेकोमा उनले जोड दिए। अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने प्रतिबद्धता समेत उनले व्यक्त गरे। विकास साझेदारहरूसँगको साझेदारीलाई थप सुदृढ पार्ने, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गराउन सरकार लागिपरेको उनको भनाइ थियो।

नागरिकका अपेक्षाहरू फेरिएकाले ती आकाङ्क्षा पूरा गर्न अब परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक रहेको मन्त्री खनालले उल्लेख गरे। सरकार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआईएन) सँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार रहेको उनले प्रस्ट पारे।

स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक सङ्घ–संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने मन्त्री खनालले स्पष्ट पारे। यसका साथै मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ