arrow

मधेस आन्दोलनका शहीद परिवारले दिए आन्दोलनको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
madhesh-province-shahid-family.jpg

जनकपुर । मधेस आन्दोलनका शहीद परिवार तथा घाइतेहरूले आफ्ना विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै मधेस प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र गृह सञ्चार तथा कानून मन्त्रालयलाई सम्बोधन गर्दै बुझाएको ध्यानाकर्षण पत्रमार्फत एक हप्ताभित्र माग पूरा नभए शान्तिपूर्ण आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

मुख्यमन्त्री कृष्ण यादवलाई बुझाइएको ध्यानाकर्षण पत्रमा शहीद परिवार तथा घाइतेहरूले विगतदेखि नै आफ्ना समस्याहरू मौखिक रूपमा जानकारी गराउँदासमेत सम्बन्धित निकायबाट बेवास्ता हुँदै आएको गुनासो गरेका छन् ।

उनीहरूले मुख्यमन्त्री स्वयं तथा सम्बन्धित मन्त्री र कर्मचारीहरू उदासिन देखिएको आरोपसमेत लगाएका छन् ।

पत्रमा उल्लेख गरिएका मुख्य मागहरूमा मधेसी शहीद प्रतिष्ठानको बजेट सञ्चालन गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, शहीद परिवारका सदस्यहरूको रोजगारी समस्या समाधान गर्नुपर्ने तथा उनीहरूले गरिरहेको कामको पारिश्रमिक, तलब तथा भत्ता उपलब्ध गराउनुपर्ने रहेका छन् ।

यस्तै, मधेसी शहीद प्रतिष्ठानको ऐन निर्माण गरी संस्थालाई स्वायत्त बनाइनुपर्ने र मधेस आन्दोलनका शहीद तथा घाइते परिवारलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समावेशी व्यवस्था सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ ।

शहीद परिवार तथा घाइतेहरूले आफ्नो मागप्रति सरकार गम्भीर नभए एक हप्तापछि शान्तिपूर्ण आन्दोलन शुरू गर्ने स्पष्ट चेतावनी दिएका छन् ।

शहीद परिवारका सदस्यहरूमध्ये केहीले रोजगारी पाएका छन् तर उनीहरूले विगत सात महिनादेखि तलब नपाएको मधेसी शहीद प्रतिष्ठानका सदस्य अवदेश पटेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ