arrow

साइबर अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न पद्मा अर्यालको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
padma-aryal-24-12.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सचिव पद्माकुमारी अर्यालले बढ्दो साइबर अपराध नियन्त्रणका लागि दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

मुलुकमा साइबर अपराधका घटना बढिरहेका बेला संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।

अर्यालले साइबर अपराधमा दण्डहीनता बढ्दै गएको उल्लेख गर्दै यसले अपराध नियन्त्रणमा चुनौती थपेको बताइन् ।

पीडितलाई राहत र पीडकलाई सजाय सुनिश्चित गर्न प्रभावकारी कानूनी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ ।

उनले सो विषयमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोमा समेत उजुरी दिएको जानकारी दिँदै तत्काल छानबिन गरी कारबाही अघि बढाउन सरकारलाई दबाब दिएकी छन् ।

अर्यालले दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै यस्ता अपराध नियन्त्रण गर्न सकिने भन्दै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ