arrow

पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै हारे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ जेठ २ सोमबार
padma-aryal-minister.jpg

स्याङ्जा । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल स्थानीय तह निर्वाचन अन्तर्गत वडा सदस्यमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १ को वडा सदस्यमा उम्मेदवार बनेका पौडेल निर्वाचनमा पराजित भएका हुन् ।

वालिङ नगरपालिका वडा १ मा १८ सय ३४ मत खसेको थियो । वडा सदस्यमा विजयी कांग्रेसका शम्भब अर्यालले १ हजार १ सय १२ मत ल्याउँदा खुल्ला सदस्य पदका उम्मेदवारमा पराजित पौडेलले ६ सय ४५ मत ल्याएका छन् ।

२०५४ सालमा नेकपा एमालेबाट स्याङ्जाको जिल्ला विकास समितिमा उपसभापति बनेका पूर्व मन्त्री समेत रहेकी अर्यालका श्रीमान् पौडेल जिल्ला समन्वय प्रमुखमा उम्मेदवार बन्ने तयारीमा थिए । उनको यो तयारीमा मतदाताको सहयोगमा २६ वर्षीय युवक अर्याल बाधक बनेका छन् ।

वडा १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार पदमा गुरुङले ८ सय ५० मतप्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गिरमान गुरुङले ८ सय २९ मतप्राप्त गर्दै पराजित भएका छन् । 

वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसका तर्फबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् । दिलीप निवर्तमान मेयर हुन् । खाँणद्धयको प्रतिस्पर्धामा प्रारम्भिक मत परिणाममा कृष्ण अगाडी देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ