arrow

स्याङ्जा-२मा एमालेभन्दा काँग्रेस २ हजार मतले अघि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
dhanraj-padma.jpg
काठमाडौं । स्याङ्जामा दुई पार्टीका मुख्य पदाधिकारी चुनावी मैदानमा छन् । सुरुवातमा अग्रता लिए पनि एमालेकी पद्मा अर्याल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ भन्दा पछि रहेकी छिन्। उनीहरू बीचको मतान्तर २ हजार पुगेको छ।

पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ अघि छन् भने एमालेकी सचिव पद्मा अर्याल पछाडि रहेकी छन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मा काङ्ग्रेसबाट उम्मेदवार बनेका गुरुङ ७ हजार ४ सय ७६ मतका साथ पहिलो स्थानमा छन्। ५ हजार ४ सय ६९ मत ल्याएर अर्याल पछ्याइ रहेकी छन् ।

दुबैबीच २ हजार ७  मतान्तर रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ २ हजार ४ मत ल्याएर तेस्रो स्थानमा छन् । 

लामो समय मतगणना गर्ने की पुनः मतदान गर्ने भन्ने विवाद पछि निर्वाचन आयोगले मतगणना गर्ने निर्णय पछि बुधवारबाट मतगणना सुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ