arrow

वर्षाले कोलकाता र पञ्जाबले बाँडे अंक, आज मुम्बई र राजस्थान भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
opl-punjab-rain.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल वर्षाले रद्ध भएको छ । वर्षाले खेल रोकिनुपूर्व कोलकाताले पहिले ब्याटिङ गर्दै ३.४ ओभर सम्भव खेलमा २ विकेटको क्षतिमा २५ रन बनाएको थियो । 

यो बराबरीले कोलकाताले ३ खेलबाट एक अंक बटुल्न सफल भएको छ । पञ्जाब भने ५ अंकसहित शीर्ष स्थानमा छ । 

आज राजस्थान रोयल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । राजस्थानले दुवै खेल जितेको छ भने मुम्बईले एक खेल हारेको छ । 

यो खेल जित्दा राजस्थान शीर्ष स्थानमा पुग्नेछ भने मुम्बई पाँचौँ स्थानमा पुग्नेछ । खेल गुवाहाटीमा बेलुकी ७ः४५ बजे शुरू हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ