arrow

के चाहिन्छ वैदेशिक रोजगारीमा जाँदा कागजपत्र ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
baideshik-rojgar-bibhag.jpg
तस्बिर : फाइल

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा विभिन्न थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ । 

विभागले विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल–रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (जाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै भए सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो । 

साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर-रसिद-भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ