arrow

राष्ट्रिय सभाबाट सांसदहरूको मागः ‘विगतमा भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
rastriyasabha-82-12-23a.jpg

काठमाडौँ । राष्ट्रिय सभाकी सदस्य रामकुमारी झाँक्रीले सिंहदबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण संरचना जलाउँदा पनि केही हुँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुपर्ने बताएकी छिन् । 

राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेकपा (एमाले) का नेत्री झाँकीले गत भदौ २३ र २४ को को जेनजी आन्दोलन शान्तिपूर्ण थियो भन्ने नाममा ऐतिहासिक संरचनाहरू जलाइनुको उत्तर कसले खोज्ने भन्ने प्रश्न सृजना भएको टिप्पणी गरिन् । 

सो सभामा निर्वाचित भएपछि सभामा पहिलो पटक बोल्दै उनले युवालाई कसले प्रयोग गरे भन्ने निष्पक्ष छानबिन हुनुपर्ने र राज्यलाई उत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले विगतमा सबै ठीक थियो वा सबै गलत थियो भन्ने भाष्य पनि सही नभएको उल्लेख गर्दै समाजको विकासक्रमसँगै भएका परिवर्तन र प्रयासको मूल्याङ्कन हुनुपर्ने पनि बताइन् । उनले नवयुवालाई लोकतान्त्रिक शासनकालमा भएका प्रयासबारे बुझाउँदै कमजोरीलाई सुधार्ने काममा कमजोरी भएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ