काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । सभामा नवनिर्वाचित सदस्यहरूले आफ्नो मत राखिरहेका छन् । आज उपाध्यक्ष पदको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। बैठकमा राष्ट्रिय सभा सदस्य प्रेमप्रसाद दङ्गालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैगरी प्रधानमन्त्री वालेन्द्र साह बालेनले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची समेत तय गरिएको छ। नयाँ सभामुख र संसदीय प्रक्रियाले गति लिएसँगै आजका बैठकहरूलाई निकै चासोका साथ हेरिएको छ ।
बैठकमा सरकारले दुई दिने बन्द गरेकोलाई सांसदहरूले आपत्ति जनाएका छन् ।