arrow

गुल्मीमा जीप दुर्घटना: दुईको मृत्यु, ११ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
Accident-sign.jpg

काठमाडौँ ।  गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ वीरबासस्थित मिसुकामा आज एउटा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। लु१च ४९०६ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गा सारुका अनुसार दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय कृष्ण ढेंगा र ४० वर्षीया मीना सनामीको ज्यान गएको छ। 

घाइते भएका ११ जनामध्ये तीन वर्षीया बालिका चाया ढेंगाबाहेक अन्य सबैलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण र कारणबारे अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ