arrow

इन्डियन प्रिमियर लिग

गुजरातलाई हराउँदै राजस्थान अङ्क तालिकाको शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
rr-tusar.jpg

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा राजस्थान रोयल्स (आरआर) ले गुजरात टाइटन्स (जीटी) लाई छ रनले पराजित गरेको छ। 

अन्तिम ओभरमा गुजरातलाई जितका लागि ११ रन आवश्यक भएको अवस्थामा राजस्थानका बलर तुषार देशपाण्डेले मात्र चार रन खर्चेर टोलीलाई रोमाञ्चक जित दिलाएका हुन्।

लगातार दोस्रो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ भने दुई खेलमा हार व्यहोरेको गुजरात टाइटन्स सातौँ स्थानमा छ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाएर दुई सय १० रनको विशाल योगफल तयार पारेको थियो। 

राजस्थानका लागि ध्रुव जुरेलले ७५ रन र यशस्वी जायसवालले ५५ रनको योगदान दिएका थिए। गुजरातका तर्फबाट 'इम्प्याक्ट प्लेयर'का रूपमा आएका रवि बिश्नोईले चार विकेट लिए भने नान्द्रे बर्गर र रियान परागले एक–एक विकेट चट्काए।

दुई सय ११ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले आठ विकेट गुमाएर दुई सय चार रन मात्र बनाउन सक्यो। गुजरातका लागि साई सुदर्शनले ७३ रनको उत्कृष्ट इनिङ्स खेले पनि अन्य ब्याटरबाट अपेक्षित सहयोग पाउन सकेनन्। 

राजस्थानका कगिसो रबाडाले दुई विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका निभाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ