arrow

सुनसरी मालपोतमा व्यवसायीको आन्दोलन: भू–सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

दैनिक करोडौँको राजस्व गुम्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
bhuform.jpg

काठमाडौँ । सुनसरीस्थित भूमिसुधार तथा मालपोत कार्यालयको सेवा विगत दुई दिनदेखि पूर्ण रूपमा ठप्प भएको छ। अनुगमनका क्रममा प्रहरीले सार्वजनिक सेवामा बाधा पुर्‍याएको आरोपमा व्यवसायी र लेखापढी कर्मचारीलाई पक्राउ गरेपछि त्यसको विरोधमा भू–सेवा केन्द्रहरूले कामकाज बन्द गरेका हुन्। यसले गर्दा दैनिक करिब १ करोड रुपैयाँ राजस्व संकलन हुने कार्यालय अहिले सुनसान बनेको छ भने टाढाबाट आएका सेवाग्राहीहरू रित्तो हात फर्कन बाध्य छन्।

सुनसरी इनरुवा मालपोतबाट भू–सेवाका लागि इजाजत प्राप्त ५२ वटा फर्ममध्ये नियमित सञ्चालनमा रहेका करिब दुई दर्जन केन्द्रले सेवा रोकेका छन्। कार्यालयभित्र आफ्नै भू–सेवा डेस्क नहुनु र आन्दोलनको समयमा वैकल्पिक तयारी नहुँदा सरकारी निकाय पूर्ण रूपमा निजी फर्मको भरमा परेको देखिएको छ। मालपोतका कर्मचारीहरू समेत काम नभएर फुर्सदिला बनेका छन्।

प्रहरीले सुनसरी मालपोत र यातायात कार्यालय इटहरीबाट गरी कुल १८ जनालाई नियन्त्रणमा लिएको थियो, जसमा मालपोतबाट मात्रै १३ जना रहेका छन्। पक्राउ परेका सबैलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। व्यवसायीहरूले आफ्ना सहकर्मीको रिहाइको माग गर्दै आन्दोलन जारी राखेकाले मालपोतको सेवा कहिलेदेखि सुचारु हुन्छ भन्ने अझै निश्चित छैन। यसबाट जग्गा कारोबार र बैंकिङ प्रयोजनका लागि रोक्का–फुकुवा गर्नुपर्ने सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ