आईपीएलमा आज दुई खेल, चेन्नईमाथि पञ्जाबको शानदार जित
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
711
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा पञ्जाबले चेन्नईलाई उसकै मैदानमा ५ विकेटले हराएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ५ विकेटको क्षतिमा २०९ रन बनायो । आयुश मात्रेले ४३ बलमा ७३ तथा शिवम दुबेले २७ बलमा ४५ रन बनाए । त्यस्तै सर्फराज खानले १२ बलमा ३२ रन बनाए ।
जवाफमा पञ्जाबले १८.४ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान श्रेयस अथ्यरले २९ बलमा ५० तथा प्रभसिम्रन सिंहले ३४ बलमा ४३ रन बनाए । प्रियांश आर्याले ११ बलमा ३९ रन बनाए ।
जितसँगै पञ्जाब ४ अंकबाट शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ भने लगातार दुई हारसहित चेन्नई पुछारमा छ ।
आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे दिल्लीमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दै छन् भने बेलुकी ७ः४५ बजे गुजरात टाइटान्सले अहमदाबादमा राजस्थान रोयल्ससँग खेल्दैछ ।
राजस्थान, रोयल च्यालेन्जर्स बैंगलुरू, दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले शुरुआती जित निकालेका छन् । सनराइजर्स हैदराबादले २ खेलमा एक खेल हारेको छ ।