arrow

महिला उद्यमशीलता सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक : उपराष्ट्रपति यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
ramsahaya-pd-yadhv.jpg

काठमाडौँ। उपराष्ट्रपति रामसहाय यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरणको साधन मात्र नभई सामाजिक रूपान्तरणको आधारसमेत भएको बताएका छन् ।

शुक्रबार महिला उद्यमी महासंघ नेपालद्वारा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन गर्दै उनले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।

‘महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरणको साधनमात्र होइनन् । सामाजिक रुपान्तरणको आधार पनि हुन् । महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्दछ,’ उनले भने ।

उनका अनुसार नेपालमा महिला उद्यमशीलता केवल आर्थिक गतिविधिमा सीमित नरही सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक बनेको छ ।

यसले महिलालाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय सीपलाई बजारसम्म पुर्याउने र समग्र अर्थतन्त्रलाई मजबुत बनाउने आधार निर्माण गर्ने उनकाे भनाइ छ।

उनले भने, ‘नेपालमा महिला उद्यमशीलता आर्थिक गतिविधिमात्र होइन् । सामाजिक रुपान्तरण र राष्ट्रिय विकासको संवाहक पनि हुन् । यसले महिलालाई आत्मानिर्भर बनाउने स्थानीय सीपलाई बजारसम्म पुर्याउने र अर्थतन्त्रलाई मजबुत बनाउने आधार निर्माण गर्छ । स्वेदशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आन्तमानिर्भरता र राष्ट्रनिर्माण तर्फको प्रेरक कदम हो । नेपाली महिला उद्यमीको योगदान उल्लेखनीय छ ।’

उपराष्ट्रपति यादवले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्यमशीलता आत्मनिर्भरता र राष्ट्रनिर्माणतर्फको प्रेरक कदम भएको भन्दै नेपाली महिला उद्यमीहरूको योगदान उल्लेखनीय रहेको धारणा राखे ।

मेला २२ गतेसम्म सञ्चालन हुनेछ। मेलामा विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी ,व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीको सहभागिता रहनेछ ।

यस मेलामा एक सय ४० ओटा स्टल छन् । मेलामा हस्तकलाका सामानहरू जस्तैःप्राकृतिक रेसाजन्य वस्तु, ढाका सामान, गलैचा, हाते कागनका सामान, जैविक खाद्य पदार्थ, स्वदेशी रैथाने खानेकुराका परिकार, कृषिजन्य उत्पादन, जडिबुटीका सामान, विभिन्न मूर्तिहरू, गरगहना र सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाका स्टल आकर्षक ढंगले प्रदर्शनीमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ