arrow

तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
gyannendra-shahi-12-19.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेन-जी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे ।

उनले भने, ‘जेन-जी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरे । २५ सयभन्दा बढी युवाहरू घाइते भए, अपांग भए । राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी क्रूरतापूर्वक हत्या भयो । निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु।’

तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको उनले टिप्पणी गरे ।

उनले आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गर्दै गर्दा यस्तो अवस्था फेरि आउन नदिन अहिलेको सरकारलाई हेक्का रहनुपर्ने बताए ।

उनले भने, ‘अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो । सिंहदरबार जले, भौतिक संरचनाहरू ढले । संसद् भवन समेत जल्यो, आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस् ।’




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ