arrow

राजश्व चुहावट नियन्त्रणमा सरकार आक्रामक, अर्थ मन्त्रालयमा उच्चस्तरीय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
swarnim-sudan.jpg

काठमाडौँ ।  मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रण गर्न र अवैध गतिविधिमाथि कडाइ गर्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रीय राजश्व चुहावट नियन्त्रण समिति’को बैठक बसेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र चोरी पैठारी नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर घनीभूत छलफल भएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहे । जसले राजश्व चुहावट नियन्त्रणमा गृह र अर्थ मन्त्रालयबीचको समन्वयलाई थप मजबुत बनाउने संकेत गरेको छ। बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत सहभागिता रहेको थियो। विशेषगरी सीमा नाकाबाट हुने चोरी पैठारी, राजश्व छली र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनका विषयमा बैठकमा गम्भीर समीक्षा भएको छ।

अर्थमन्त्री डा. वाग्लेले राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न सम्बन्धित महाशाखा तथा विभागका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्। राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भूमिकालाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुरक्षा प्रमुखहरूसँग परामर्श भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ