arrow

बजेट

नयाँ अर्थमन्त्री आएसँगै बजेट मार्गदर्शन तयार, थालिँदै लेखन

गत वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रस्ताव, नयाँ सरकारको प्राथमिकता, रास्वपाको वाचापत्रलाई समेत आगामी बजेटले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
tankapd-pandey-a-secretary-fm.jpg

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदर्शन तयार पारेको छ । जेठ १५ मा संसदमा बजेट ल्याउनुपर्ने सरकारलाई संवैधानिक दायित्व छ । सोही अनुसार अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको हो । 

बजेट मार्गदर्शन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकिएको अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताए । उनका अनुसार आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट मार्गदर्शनमा खासगरी बजेटले लिने प्राथमिकता समेटिएको छ । 

आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता दिँदै जेठ १५ मै ल्याउनका लागि लेखनको तयारी थालिएको सहसचिव पाण्डेले बताए ।
 
उनका अनुसार अनुशासित र खर्च मितव्ययितालाई बजेटले जोड दिनका लागि सम्बन्धित सबै मन्त्रालयहरूलाई सतर्क र संवेदनशील हुन अर्थ मन्त्रालयले भनिसकेको छ ।

मन्त्रालयहरूले आयोजनाहरूमा बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्कापट्टामा जान सकिने आयोजनाहरू र प्रोजेक्ट बैंकहरूमा सूचीकृत भइसकेका आयोजनाहरूलाई मात्र बजेट प्रस्ताव गर्नुपर्ने गरी मार्गदर्शन मन्त्रालयहरूलाई पठाइसकिएको  सहसचिव पाण्डेयले बताए ।
 
सहसचिव पाण्डेयले भने, ‘बजेट तयारीका लागि बजेट तर्जुमा मार्गदर्शन तयार गरेका छौँ  । आगामी आवको बजेटले लिने प्राथमिकताका विषयवस्तु के के हुन् ? भन्ने सन्दर्भमा मार्गदर्शन तयार पारिएको हो । आगामी वर्षको बजेट खासगरी आर्थिक अनुशासन र खर्च मितव्ययीता होस् भन्ने अर्थ मन्त्रालय चाहन्छ । त्यसका लागि मन्त्रालयहरु शर्तक र संवेदनशील हुन जरुरी छ । मन्त्रायलहरुले आयोजनाहरुमा बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजनाहरु र प्रोजेक्ट बैंकहरुमा सूचीकृत भइसकेका आयोजनाहरुलाई बजेट प्रस्ताव गर्नु भनेर त्यो किसिमको मार्गदर्शन मन्त्रालयहरुलाई पठाएका छौँ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरेर स्रोत अनुमानको प्रतिवेदन पेश गरिसकेको छ । खासगरी राजश्व, वैदेशिक सहयोगको आँकलन गरी स्रोत निर्धारण हुन्छ । मन्त्रालयहरुलाई सिलिङहरु पठाइसकिएको छ । गत वर्ष भन्दा कम नै प्रस्ताव गरेका छौँ ।’

अर्थ मन्त्रालयलका अनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । स्रोत अनुमान समितिले विभिन्न विश्लेषण गरी स्रोत अनुमान प्रतिवेदन पेश गरिसकेको र सोहीअनुसार बजेट लेखनको काम अघि बढ्न लागेको हो । 

खासगरी राजश्व र वैदेशिक सहयोगको आकलनका आधारमा स्रोत निर्धारण गरिने गरिएको र मन्त्रालयहरूलाई सोहीअनुसार बजेट सिलिङ पठाइसकिएको सहसचिव पाण्डेयले बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रस्ताव गरिएको  छ । अर्थ मन्त्रालयका अनुसार नयाँ सरकारको प्राथमिकता, रास्वपाको वाचापत्रलाई समेत आगामी बजेटले सम्बोधन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ