arrow

प्रहरी हिरासतमा रहेका मानिसलाई छुटाइदिने भन्दै नौ लाख ठग्ने दुई पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
pakrau9.jpg

काठमाडौँ। प्रहरीले काठमाडौँबाट प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी पैसा ठगी गर्ने दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मीठु मगर (अनिता थापा मगर) छन् ।

भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन् ।

उनीहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए ।

उनले धरौटी रकम र वकिलको बहस खर्च भन्दै पीडित पक्षलाई मीठु मगरको बैंक खातामा नौ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ