महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पुगिन् प्रहरीकहाँ [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
1.2k
Shares
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक प्रहरी समक्ष पुगेकी छिन् । बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् ।
पाठक आइतबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँ र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।
यता प्रहरीले भने उनको तत्काल कार्यान्वयन नहुने प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेकाले कसैलाई पनि पक्राउ गरिने छैन ।
पाठकले बस्नेतविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दा सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।