arrow

ओली-लेखक पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही - बार अध्यक्ष मिश्र [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
bijay-misra-nepal-bar.jpg

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही रहेको नेपाल बार एशोसिएशनले जनाएको छ।

आइतबार काठमाडौँमा आयोजित अन्तरसम्वादमा बार अध्यक्ष डा. विजयप्रसाद मिश्रले सरकारसँग क्याबिनेटमार्फत पक्राउ गर्ने निर्णय गर्ने अधिकार नभएको स्पष्ट पारे।

उनले कार्की आयोगको प्रतिवेदन आफैं पूर्वाग्रही खण्डित रहेको र सो निर्णय कार्यान्वयनका लागि क्याबिनेटमार्फत कदम चाल्नु सरकारको अधिकार क्षेत्रमा नभएको दाबी गरे ।

उनले भने, “क्याबिनेटको काम भनेको नीति निर्माण, बजेट व्यवस्थापन र राज्यको शान्ति सुरक्षा कायम गर्नु हो। कुनै जाहेरी आएपछि प्रहरीले प्रारम्भिक छानबिन गर्छ र सरकारी वकिलले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्छ। क्याबिनेटसँग यस्तो निर्णय गर्ने अधिकार छैन। यसो गर्नु पूर्वाग्रह हो र कानूनलाई सधैँ धरापमा राख्ने किसिमले प्रयोग गर्नु स्वीकार्य छैन।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ