arrow

चन्द्रकोटमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
accident-final.jpg

गुल्मी । चन्द्रकोट गाउँपालिकामा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जीपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो । 

जीपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जीपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ