arrow

पाँचथर बहुमुखी क्याम्पसमा दोहोरो तालावन्दी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन १५ आइतबार
panchtar-campus.jpeg
पाँचथर।  नेपाल विद्यार्थी संघ पाँचथरले आइतबार विहान पाँचथर बहुमुखी क्याम्पसमा दोहोरो तालावन्दी गरेका छन् ।
 
क्याम्पस प्रमुख खेम खतिवडाले राजिनाम दिनुपर्ने,तत्काल सक्षम र योग्य क्याम्पस प्रमुख नियुक्ति गर्नुपर्ने,तोकेकै मितीमा स्ववियू निर्वाचन गर्नुपर्ने लगायतका ४ सुत्रे माग राख्दै तालावन्दी गरिएको नेविसंघ जिल्ला अध्यक्ष तुलसी आचार्यले वताए ।
 
यस्तै हिजो मात्रै ५ जना अयोग्य विद्यार्थीको नामावली निर्वाचन समितीले टाँस गरेको भन्दै अनेरास्वियू र अनेरास्ववियू क्रान्तिकारीले क्याम्पस प्रशासनमा तालावन्दी गरेका थिए ।सोमबार विहान सवै विद्यार्थी संगठनलाई वार्ताका लागि वोलाइएको क्याम्पस प्रशासनले जनाएको छ । स्ववियू निर्वाचन आगामी फागुन १८ गतेका लागि तोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ