तयार भए छ दलका लागि संसदीय दलका कार्यालय [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
491
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय दलको मान्यता पाएका सबै ६ ओटै दलका लागि संसदीय दलको कार्यालय तयार भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि संसदीय दलको कार्यालय तयार भएका हुन् ।
गत फागुन २१ को निर्वाचनबाट यी ६ दलले राष्ट्रिय दलको मान्यता पाएका हुन् ।
सांसदहरूले बिहीबार शपथ खाँदैछन् । बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन् । केसीले बिहीबार २७४ जना सांसदलाई सिंहदरबारमा शपथ खुवाउने छन् ।