arrow

लागुऔषधसहित छ जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १० मंगलबार
pakrau9.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट लागुऔषध गाँजाजस्तो देखिने वस्तु करिब तीन किलो ४३५ ग्रामसहित थाइल्यान्डका नागरिक ३९ वर्षीय याेङयुट थुइओनलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी, कैलाली-टीकापुर नगरपालिका-९ बाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४०० मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जीवन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१.००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै, मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ बलियाबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्राम सहित सोही नगरपालिका-६ जब्दी बस्ने २४ वर्षीय विपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ