रहेनन् अर्थविद् केशव आचार्य, मंगलबार अन्त्येष्टि गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
713
Shares
काठमाडौँ । नेपालका प्रतिष्ठित अर्थविद् केशव आचार्यको उपचारका क्रममा आज बिहान निधन भएको छ। मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत आचार्यको आज बिहान निधन भएको उनका छोरा शिखरले बताए।
गत मङ्गलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा मेडिकेयर अस्पताल भर्ना गरिएको थियो। पछि थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको भए पनि उनलाई बचाउन सकिएन।
आचार्यको पार्थिव शरीरलाई अहिले चाबहिलस्थित ओम नर्सिङ होममा राखिएको छ। उनकी छोरी अचला अमेरिकाबाट मङ्गलबार बिहान काठमाडौँ आइपुग्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
केशव आचार्य नेपालको मौद्रिक तथा वित्त नीतिका गहिरो ज्ञाता मानिन्थे। उनले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी सेवा गरी कार्यकारी निर्देशकको पदबाट अवकाश प्राप्त गरेका थिए।
यसैगरी, उनले अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। समसामयिक आर्थिक मुद्दाहरूमा उनको विश्लेषण र सुझावलाई सरकार र सरोकारवाला निकायले निकै महत्त्वका साथ लिने गर्थे। आचार्यको निधनले नेपालको आर्थिक योजना र नीति निर्माणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।