arrow

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय : गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
om-prakash-aryal-10-08.jpg

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मिलाउन सक्रिय सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित प्रशंसा पत्र वितरण कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरू, निर्माण कमाण्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरूले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए ।

‘निर्वाचनमा खटिएका अधिकारीहरूको सिर्जनशीलता र क्षमता प्रशंसनीय छ । विगतका कतिपय घट्नाहरू नेतृत्वले घट्नाबारे नबुझिकन निर्देशन दिए होलान । कसैका भनाइहरूलाई स्क्रिनिङ नै नगरि, कुरा नबुझिकन निर्देशन भए होलान । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौँ, समन्वय गरेका छौँ। आइसकेका समन्वयात्मक निर्णयहरूलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायहरूको भूमिका उल्लेखनीय छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ