arrow

रूसका परराष्ट्रमन्त्रीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
sergei-lavarov-russian-foreign-minister-2023.jpg

काठमाडौँ । रूसी परराष्ट्रमन्त्री सेर्गेई लावरोभले संयुक्त राज्य अमेरिकाले विश्व ऊर्जा बजारमा आफ्नो एकलौटी प्रभुत्व स्थापित गर्न खतरनाक रणनीति बनाइरहेको आरोप लगाएका छन्। एक अन्तर्वार्ताका क्रममा मन्त्री लावरोभले अमेरिकाले केवल आफ्नो स्वार्थका लागि कुनै पनि हद पार गर्न सक्ने बताए।

“संयुक्त राज्य अमेरिका आफ्नो समृद्धि जोगाउन विदेशी मुलुकमा 'कू' गर्न, नेताहरूको अपहरण गर्न वा हत्या गर्न समेत तयार छ,” लावरोभले भने, “यी सबै अवाञ्छित कार्यहरू तेल र ऊर्जा स्रोतमाथि नियन्त्रण जमाउने प्रयाससँग प्रत्यक्ष जोडिएका छन्।”

मन्त्री लावरोभले अमेरिकाले सधैं आफ्नो राष्ट्रिय हितलाई अन्तर्राष्ट्रिय नियम र सम्झौताभन्दा माथि राख्ने नीति अपनाउँदै आएको टिप्पणी गरे। अमेरिकाले रसियालाई युरोपेली ऊर्जा बजारबाट विस्थापित गर्न निरन्तर प्रयास गरिरहेको उनको दाबी छ। उनले स्पष्ट पार्दै भने, “यदि अमेरिका रसियासँग सहकार्य गर्न चाहन्छ भने उसले पहिलो चरणमा हाम्रा हितहरूको सम्मान गर्नैपर्छ।”

अन्तर्वार्ताका क्रममा लावरोभले अमेरिका र पश्चिमेली देशहरूको ऊर्जा नीतिको आलोचना गर्दै विश्व बजारमा शक्ति सन्तुलन बिग्रिएको उल्लेख गरे। प्राकृतिक स्रोत भएका देशहरूको स्वतन्त्रता र स्वामित्वलाई चुनौती दिने प्रयासले अन्तर्राष्ट्रिय तनाव अझ बढाउने उनले चेतावनी दिए।

रसियाली परराष्ट्र मन्त्रालयका अनुसार, लावरोभले ऊर्जा स्रोतको उपयोग र बजार व्यवस्थापनमा न्यायपूर्ण दृष्टिकोण अपनाउन अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराएका छन्। दुई देशबीच समान र पारस्परिक हितको आधारमा मात्र दीर्घकालीन सहकार्य सम्भव हुनेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ