arrow

औषधि उद्योगको विकास गर्न नेपाल-भारत सहकार्य, भृकुटीमण्डपमा फर्मा एक्स्पी जारी [३४ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
pharma-expo-nep-ind-agreement.jpg

काठमाडौँ । नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्द्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ । 

नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद् (ईईपीसी) बीच यस्तो सहमति भएको हो।

सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यवहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन् । यसका साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यवसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।

सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ।

यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्‍याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । 

भारत सरकारको ईईपीसीसँगको यो साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

यता, को भृकुटीमण्डपमा १० औँ नेपाल फर्मा एक्स्पो २०२६ बिहीबारदेखि जारी रहेको छ । उक्त मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल रहेका छन् । 

फागुन २८ गतेबाट शुरू भएको एक्स्पो शनिबार फागुन ३० गतेसम्म संचालन हुनेछ । एक्स्पोमा उत्पादन गर्ने कम्पनीहरुको औषधि र स्वास्थ्यजन्य सामग्रीहरु राखिएको छ।
 

pharma-expo-bhrikutimandap-82-11-29 (1).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (2).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (3).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (4).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (5).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (6).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (7).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (8).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (9).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (10).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (11).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (12).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (13).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (14).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (15).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (16).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (17).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (18).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (19).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (20).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (21).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (22).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (23).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (24).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (25).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (26).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (27).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (29).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (30).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (31).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (32).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (33).jpeg
pharma-expo-bhrikutimandap-82-11-29 (34).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ