arrow

नयाँदिल्लीमा आईएयू ५० किलोमिटर विश्व च्याम्पियनशिप, नेपालबाट चार खेलाडी सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
iau-world-championship-nepal.jpeg

काठमाडौँ । आईएयू ५० किलोमिटर विश्व च्याम्पियनशिपमा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । 

शनिबार हुने प्रतियोगितामा समान २–२ पुरुष–महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा तिलकबहादुर सुनुवार र रेमश लिम्बू तथा महिलामा सुनसरी रोकाया र लाक्पा निग्मा शेर्पाले प्रतिस्पर्धा गर्ने छन् ।

टिम व्यवस्थापकमा नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सन्तकुमार मेहताले शुक्रबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ