arrow

आमरण अनशनप्रति प्रेस युनियनको ध्यानाकर्षण

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Press-Union.jpg.jpeg.jpeg
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको सदस्यता शुद्धीकरणलगायतको माग राखी तीन दिनदेखि थालिएको आमरण अनशनप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । 
 
नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालयमा आमरण अनशन बसेका पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति महासङ्घ नेतृत्वले जिम्मेवारीबोध नगरेको युनियनको आरोप छ । 
 
युनियनले शुक्रबार एक विज्ञप्तिमार्फत अनशनकारीद्वय सञ्चारकर्मीले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै उनिहरुको जीवनरक्षाका लागि जिम्मेवारीबोधका साथ प्रस्तुत हुन महासङ्घ नेतृत्वलाई सचेत गराएको छ । 
 
महासङ्घ नेतृत्वले आमरण अनशनजस्तो कठिन आन्दोलनमा उत्रिएका सञ्चारकर्मी र उहाँहरुका मागलाई नजरअन्दाज गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ