arrow

नदीको तीव्र बहावमा कायक खेलाडीहरूको कौशल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
kayak-players-82-11-27f.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६  तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवमा कायाक क्रस प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । बुधबार त्रिशूलीको तीव्र र चुनौतीपूर्ण छालबीच ३२ जना खेलाडी फाइनल चरणका लागि प्रतिस्पर्धामा उत्रिए ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा त्रिशूली नदीमा भइरहेको प्रतियोगिता साहसिक जलक्रीडाको महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित हुँदै गएको छ । मंगलबारदेखि शुरू भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडी सहभागी भएका छन् । 

आयोजकका अनुसार प्रारम्भिक चरणबाट छनोट भएका ३२ जना प्याडलर बुधबारको कायाक क्रस (३०० मिटर) प्रतिस्पर्धामा सहभागी भएका हुन् । जसमा पहिलो डम्बरबहादुर पुर्वाछाने प्रथम भए भने रविन्द्र चेपाङ, सुरेन्द्र चेपाङ र मोहन राना क्रमशस् दोस्रो, तेस्रो र चौथो भएका छन् । नदीको तीव्र बहाव पार गर्दै कायक खेलाडीहरूले आफ्नो सन्तुलन, गति र कौशल प्रदर्शन गरेका छन् ।

यस प्रतियोगिताले नेपालका नदीहरू साहसिक पर्यटनका लागि कति उपयुक्त छन् भन्ने सन्देश दिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बताएका छन् । 

उनले नेपालमा नदी–आधारित साहसिक पर्यटनको महत्व झनै बढ्दै गएको बताए। उनले भने, “नेपालको साहसिक पर्यटन नदीमा आधारित पर्यटन उत्कृष्ट पर्यटन उत्पादन हो । नेपालमा ह्वाइट वाटर राफ्टिङ विश्वमै उत्कृष्ट पर्यटन उत्पादन हो ।”

उनका अनुसार त्रिशूली, भोटेकोशी, कर्णाली र सेतीजस्ता नदीहरूले जल पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालका नदीहरूको सम्भावना विश्वसामु उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

प्रतियोगिताको अन्तिम दिन बिहीबार १० किलोमिटरको म्यान्डेटरी राफ्ट रेस आयोजना गरिनेछ । उक्त रेसमा ११ टोली प्रतिस्पर्धामा उत्रिने छन् । प्रत्येक टोलीमा चार–चार जना खेलाडी सहभागी हुनेछन् । 

तीन दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय महोत्सवले नेपालको नदी–आधारित साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास बाराले लिएको छ । 

प्रतियोगिताको समापन बिहीबार विजेता खेलाडी तथा टोलीलाई  पुरस्कार वितरण तथा सम्मान गरिनेछ । 

kayaking-82-11-27q (8).JPG
kayaking-82-11-27q (9).JPG
kayaking-82-11-27q (10).JPG
kayaking-82-11-27q (11).JPG
kayaking-82-11-27q (12).JPG
kayaking-82-11-27q (13).JPG
kayaking-82-11-27q (14).JPG
kayaking-82-11-27q (15).JPG
kayaking-82-11-27q (16).JPG
kayaking-82-11-27q (1).JPG
kayaking-82-11-27q (2).JPG
kayaking-82-11-27q (3).JPG
kayaking-82-11-27q (4).JPG
kayaking-82-11-27q (5).JPG
kayaking-82-11-27q (6).JPG
kayaking-82-11-27q (7).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ