arrow

एक करोड फिरौती माग्ने पक्राउ

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
hatkadi-new-ss.jpeg

काठमाडौं । फोन र एसएमएस गरी एक करोड फिरौती माग्ने काठमाडौं महानगरपालिका नयाँबजार बस्ने धादिङ, जिवनपुर–५ का ३२ बर्षीय विदुर पौडेल पक्राउ परेका छन् ।

मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसँग ठूलो रकम असुल गर्ने उद्देश्यले विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरेर धम्की दिई एक करोड मागेको र रकम नदिए अपहरण गरी मार्ने धम्की दिने पौडेललाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ