arrow

पूर्व सेनाले नै नक्कली प्रहरीको गिरोह चलाई मच्चाए लुट

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
news-aa-nna.jpeg

काठमाडौं । नक्कली प्रहरी बनेर लुट मच्चाउने भूतपूर्व नेपाली सेनासहितको गिरोह अपराध अनुसन्धान महाशाखाको टोलीको फन्दामा परेको छ । पक्राउ परेकाको साथबाट खुकुरी, मोबाइल सेट, केही रकम र विभिन्न व्यक्तिको नाममा रहेको चेक बरामद भएको महाशाखाको टोलीले जनाएको छ ।

अपराध अनुसन्धान महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी भूपूसैनिक शिवबहादुर बानियाँ र अशोक बानियाँसहित विश्वास घर्तीमगर, नारायण बानियाँ, सुदीप थापामगर, धनकुमार परियालाई सार्वजनिक गरेको छ ।

उनीहरुले काठमाडौंको नयाँसडकमा रहेको ग्लोबल आइएमई बैंकबाट रकम झिकेर आएका प्रेम खरेल र विधान खरेललाई आफूहरु प्रहरी भएको र सोधपुछका लागि नियन्त्रणमा लिएको भन्दै बैंकबाट झिकेको ४ लाख २७ हजार रुपैयाँ र साथमा रहेको मोबाइल सेट लुटेको बताइएको छ ।

Image may contain: text

Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ