arrow

ट्रेड युनियन काँग्रेसले सरकारलाई बुझायो ज्ञापन पत्र

logo
प्रकाशित २०७३ फागुन १२ बिहिबार
trade-union-congress.jpeg
काठमाडौं ।  नेपाल ट्रेड युनियन काँग्रेस, काठमाडौं  जिल्ला समितिले सरकारले हालै जारी औद्योगिक सुरक्षा ऐनमा उल्लेख गरिएको हडताल प्रतिबन्धको प्रावधान सच्याउन माग गर्दै बिहिबार नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 
 
जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई बुझाइएको २७ बुँदे ज्ञापन पत्रमा प्रदेश र संघ तथा स्थानीय निकायमा श्रम सम्बन्धी कार्यालय स्थापना गर्दा टे«ड युनियनको सहमतिमा गर्नुपर्ने, राज्यका सबै निकायमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतका श्रमिक सम्बन्धी ऐन कानुनहरु श्रमिक मैत्री हुनुपर्ने लगायतका मागहरु रहेका छन् । 
 
उक्त ज्ञापन पत्र बुझाउन नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष गणेश भट्टराईको नेतृत्वमा गएको टोलीमा काठमाण्डौ जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु रहेका थिए ।  नेपाल ट्रेड युनियन काँग्रेसले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरु मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कुरा नेपाल ट्रेड युनियन काँग्रेसका नेता सूर्य नेपालले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ