arrow

आउँदै बेनी हाईड्रोपावर प्रोजेक्टको आईपीओ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १५ शुक्रबार
ipo-final.jpg

काठमाडौँ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काक्नक (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ ।

जसमध्ये सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई पाँच लाख २० हजार कित्ता (५० प्रतिशत), वडा नं. ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका बासिन्दालाई तीन लाख १२ हजार कित्ता (३० प्रतिशत) तथा बाँकी अन्य क्षेत्रका स्थायी बासिन्दालाई दुई लाख आठ हजार कित्ता (२० प्रतिशत) शेयर निष्काशन गरिनेछ ।

स्थानीयलाई बाँडफाँड गरिसकेपछि सर्वसाधारणतर्फको १० लाख ४० हजार कित्तामध्ये एक लाख चार हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्रारम्भिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

यदि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको सेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ