arrow

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

logo
प्रकाशित २०७३ फागुन ११ बुधबार
Pabsion.jpeg
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० नेपालको तेह्रौँ राष्ट्रिय महाधिवेशनले विजय सम्बाहाम्फेको अध्यक्षतामा ६७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एकहजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उहाँका निकटतम प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याउनुभएको छ । निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी  भएका हुन् । 
 
त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डी।के। ढुङ्गाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आर।सी। श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले गरे। साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टङ्क भट्टराई निर्वाचित भएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ