वर्ल्डलिंकले ल्यायो नेपालमै पहिलो पटक '६जी' इन्टरनेट प्रविधि
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
1.2k
Shares
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेटको नयाँ युगको शुरूआत गर्दै '६जी' (वाइफाइ ६/८०२.११एएक्स) प्रविधि सार्वजनिक गरेको छ ।
सन् १९९५ मा इमेल सेवाबाट यात्रा शुरू गरेको वर्ल्डलिंकले डायल-अप र केबल इन्टरनेट हुँदै अब अत्याधुनिक वाइफाइ ६ प्रविधिमा फड्को मारेको हो।
यस '६जी' प्रविधिका मुख्य विशेषताहरू यस्ता रहेको वर्ल्डलिंकले बताएको छः
१, तीव्र गति र क्षमता: नयाँ प्रविधिमा सिग्नलको डाटा घनत्व वाइफाइ ५ को तुलनामा ४ गुणा बढी रहेको छ। यसको अर्थ वाइफाइ ६ ले वाइफाइ ५ को तुलनामा ४ गुणा बढी डाटा थ्रुपुट बोक्न सक्छ।
२, उत्कृष्ट कभरेज: यो प्रविधिले पुरानो वाइफाइ ५ को तुलनामा ४० प्रतिशत राम्रो कभरेज प्रदान गर्दछ, जसले गर्दा घरको हरेक कुनामा इन्टरनेटको पहुँच सहज हुन्छ।
३, धेरै उपकरणहरूमा सहज पहुँच: यसमा भएको ओएफडीएमए प्रविधिले वायरलेस च्यानललाई स-साना सब-च्यानलहरूमा विभाजन गर्छ, जसले गर्दा धेरै उपकरणहरूमा एकैसाथ द्रुत गतिमा डाटा पठाउन सकिन्छ।
४, उच्च सुरक्षा: सुरक्षाको दृष्टिकोणले यसमा डब्ल्यूपीए३ एडभान्स १९२ बिट्स सुरक्षा प्रोटोकल जडान गरिएको छ, जसले नेटवर्कलाई अनधिकृत प्रवेश (इन्ट्रयुडर्स) बाट सुरक्षित राख्छ।
५, ब्याट्री लाइफमा सुधार: यसले प्रयोगकर्ताका उपकरणहरूको ब्याट्री लाइफ बढाउनसमेत मद्दत गर्छ।
किन आवश्यक छ '६जी' ?
वर्ल्डलिंकले दिएको जानकारी अनुसार आजको समयमा एउटै घरमा कम्तीमा १० वटा उपकरणहरू इन्टरनेटमा जोडिएका हुन्छन् ।
वर्ल्डलिंकको यो नयाँ प्रविधिले १० वटा उपकरणहरू, भिडियो अपलोडिङ, जुम कल, अनलाइन गेमिङ र स्मार्ट टिभीमा ४ के भिडियो स्ट्रिमिङ गर्दा आउने बफरिङ र अवरोधका समस्याहरूलाई समाधान गर्नेछ। यसले सबैभन्दा कम ल्यागिङ र उच्च विश्वसनीयता प्रदान गर्दछ।
वर्ल्डलिंकको '६जी' प्याकेज र मूल्य: वर्ल्डलिंकले विश्वबजारको तुलनामा निकै सस्तो मूल्यमा यो सेवा उपलब्ध गराएको जनाएको छ ।
यसका विभिन्न गति र मूल्यहरू निम्नानुसार छन्:
• ४०० एमबिपिएस रु. १२०९ प्रति महिना।
• ५०० एमबिपिएस : रु. १३३४ प्रति महिना।
• ६०० एमबिपिएस : रु. १६६७ प्रति महिना।
नोकियासँगको सहकार्यमा ल्याइएको यो प्रविधिले नेपालमा इन्टरनेटको भविष्यलाई थप द्रुत र भरपर्दो बनाउने कम्पनीको विश्वास छ ।
ग्लोबल मार्केट डेभलपमेन्ट डाइरेक्टर मिस्टर नेमन्जा पिलिपोभिकले यस नयाँ विकासले प्रयोगकर्तालाई भविष्यको इन्टरनेट अनुभव प्रदान गर्ने बताएका छन् ।