यसपालि जित सुनिश्चित छ भन्दै मोरङ ३ मा डा शर्मालाई टोलटोलमा स्वागत [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
747
Shares
मोरङ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा सुनील शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट पुनः चुनावी मैदानमा रहेका छन् । ०७९ को निर्वाचनमा देशभरकै लोकप्रिय मत हासिल गरेका शर्मालाई यसपालि अझ बढी मतले जिताउन मतदाता उत्साही रहेको डा शर्माको सचिवालयले जनाएको छ ।
तस्बिरमा बेलबारी नगरपालिका वडा १० र ११ का साथै कानेपोखरी वडा ५–भन्साबारी घरदैलो कार्यक्रममा पुग्दा स्थानीयवासीको उत्साहजनक भीड देखिएको हो ।
गाउँ टोल नै जुरुक्क उठेर स्वागत गर्दै “यसपालि जित सुनिश्चित छ” भन्दै खुलेर समर्थन जनाए । जनताको माया, विश्वास र आशीर्वादले माहोल झन् उत्साहपूर्ण बनेको छ ।
डा शर्माको सत्कर्मदेखि देशैभरका जनता नतमस्तक भइरहँदा मोरङ ३ का जनतामा अझ बढी उत्साह छ । डा शर्माले आफ्नो क्षेत्रका हरेक बिरामीलाई उपचार गराउँदै आएका छन् ।
उनले विराटनगरको नोबल अस्पताल र काठमाडौँको काठमाडौँ मेडिकल कलेज मार्फत स्वास्थ्य सेवा दिँदै आएका छन् । उनले देशैभर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् ।