arrow

आज काठमाडौँका यी क्षेत्रमा पाँच घण्टासम्म बिजुली काटिँदै, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
electricity-pole-wire-81-7-.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा मर्मत तथा प्रणाली सुदृढीकरणका लागि आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणका अनुसार बानेश्वर र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरूमा फरक-फरक समयमा विद्युत् अवरुद्ध हुनेछ।

बानेश्वर वितरण केन्द्र अन्तर्गत तिलगङ्गा आँखा अस्पताल अगाडि ढल्केको पोल व्यवस्थापन गर्न ११ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले तिलगङ्गा, गौशाला, सिनामङ्गल र विमानस्थल आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विभिन्न चरणमा बिजुली काटिनेछ।

त्यस्तै, महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य जारी रहेकाले बालुवाटार, प्रधानमन्त्री निवास आसपास, धापासी र विशालनगर लगायतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। मर्मत कार्य समय अगावै सकिएमा बिजुली चाँडै आउन सक्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ