कांग्रेसको पक्षमा माहोल बनाउन तातिए मजदुर संगठनका नेताहरू
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
589
Shares
धनगढी । देशभर चुनावी माहोल तातेका बेला राष्ट्रिय स्तरका व्यवसायी तथा मजदुर संगठनका नेताहरू धनगढी आइपुगेका छन् ।
राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौला, नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राई र नेपाल यातायात मजदुर संघका राष्ट्रिय अध्यक्ष धर्मराज भण्डारी बुधबार धनगढी विमानस्थलमा ओर्लिएका हुन् ।
नेपाली कांग्रेस निकट मजदुर नेता धनगढी आइपुगेका हुन् । नेपाली कांग्रेसका उम्मेद्वारहरूका पक्षमा चुनावी माहोल सिर्जना गर्न उनीहरू धनगढी पुगेका हुन् ।
बुधबार धनगढीमा हुने कार्यक्रममा भाग लिन कांग्रेस निकट मजदुर संगठनका नेताहरू धनगढी पुगेका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनीहरूले फागुन २१ गते हुने निर्वाचनले मुलुकमा लगानीमैत्री वातावरण बन्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले मुलुक र जनताको भलाइका लागि कांग्रेसका उम्मेद्वारहरूले चुनाव जित्नुपर्ने बताएका छन ।
ट्रेड युनियन कांग्रेसका महासचिव अजय राईका अनुसार आन्तरिक बैठक र चुनावी अभियानमा सहयोग पुर्याउन सुदुरपश्चिमको यात्रामा निस्किएको जानकारी दिए ।
देशभर कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न र मजदूरमैत्री संसद एवं सरकार निर्माणमा सहयोग पुर्याउन आफूहरू अभियानमा जुटेको महासचिव राईले जानकारी दिए ।