arrow

दुई मोटरसाइकल ठोक्किँदा तीर्थनारायणको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
accident-final.jpg

सुनसरी । सुनसरीको दुहबी-८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको फूलहारा-३ घर भएका यादव हाल इटहरी-१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए ।

गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल लगिएको थियो । चिकित्सकले जाँचपछि मृत घोषणा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार फलाम फ्याक्ट्रीबाट कोशी राजमार्गमा निस्किएर दुहबीतर्फ आइरहेको को २७ प ८१३४ नं को मोटरसाइकल र खनारबाट दुहबीतर्फ आउँदै गरेको प्र १-०२-०५२ प ३०५९ नं को मोटरसाइकल एकआपसमा ठोक्किँएका थिए । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

को २७ प ८१३४ नं को मोटरसाइकल चालक दुहबी-८ बस्ने ४५ वर्षीय सुमन राई र प्र १-०२-०५२ प ३०५९ नं का चालक सप्तरी रुपनी गाउँपालिका-३ घर भई हाल इटह-१३ बस्ने ४७ वर्षीय जयनारायण साहलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ