arrow

साल्ट ट्रेडिङले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
salt-trading-corporation.jpg

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९दशमलव४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यससँगै कम्पनीले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो ।

घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ ।

यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांशसमेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ