arrow

सांसद भुसालको बिदाइ सम्बोधन- राष्ट्रिय सभाले आफ्नै छुट्टै र प्रभुत्वशाली पहिचान बनाओस्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
beduram-bhusal-.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सुझाव दिएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा बिदाइ सम्बोधन गर्दै उनले सभालाई यस्तो सुझाव दिएका हुन्।

राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाजस्तो नभई छुट्टै पहिचानसहितको प्रभुत्वशाली सभाका रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए। सभाले संवैधानिक भूमिका र जिम्मेवारीअनुसार स्वतन्त्र तथा प्रभावकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।

उनले सम्बोधनका क्रममा सभाले अहिलेसम्म प्राप्त गरेका असल परम्परालाई आगामी दिनमा पनि कायम राखोस् र अरू थप राम्रा मानकहरू स्थापित गर्दै जाओस् भन्ने शुभेच्छा प्रकट गरे। उनले राष्ट्रिय सभाले प्रतिनिधि सभाको छाया जस्तो नबनी आफ्नो छुट्टै गरिमा र पहिचान बनाउनुपर्ने सुझाव दिए। माथिल्लो सदनको रूपमा राष्ट्रिय सभाले गर्ने निर्णय र छलफलहरू गम्भीर तथा परिपक्व हुनुपर्ने उनको तर्क छ।

आफ्नो कार्यकालका बारेमा चर्चा गर्दै उनले सदनमा रहँदा मुलुक र जनताका समस्याहरूलाई जोडदार रूपमा उठाउन सफल भएको दाबी पनि गरे। जनसरोकारका विषयमा आफूले निर्वाह गरेको भूमिकाले सन्तोष दिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि राष्ट्रिय राजनीतिमा सक्रिय रहने सङ्केत गरे।

कार्यकाल सकिएर बिदा हुन लाग्दा उनले सभाका अन्य सदस्यहरू र सचिवालयका कर्मचारीहरूलाई सहयोगका लागि धन्यवाद समेत दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ