arrow

दोलखामा अजयबाबु शिवाकोटीको घरदैलो तीव्र, स्थानीयमा उत्साह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
ajayas-ss.jpg

चरीकोट  । नेपाली कांग्रेसका तर्फबाट दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै बुधबार भीमेश्वर नगरपालिकाको वडा नम्बर २ मा घरदैलो गरेका छन्। भीमेश्वरका मेयर ईश्वर नारायण मानन्धर, कांग्रेस जिल्ला प्रवक्ता राकेश श्री र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पासहितको टोली लिएर उनी बिहानैदेखि मतदाताको आँगनमा पुगेका हुन्। 

घरदैलोपछि उनले  दोलखा जिल्लाका सभापति वर्मा लामासहित नगरपालिकाका सबै ९ वटै वडाका निर्वाचित वडाध्यक्षहरूसँग चुनावी रणनीतिबारे छलफल गरेको भिमेश्वर नगर सभापति शंकर कार्कीले बताए । भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण उनीप्रति  विशेष गरी  जेन-जी युवा पुस्ताको आकर्षण र उत्साह बढी देखिएको छ।

शिवाकोटीले आफू केवल नेता बन्न नभई जनताको सच्चा प्रतिनिधि भएर दोलखाको मुहार फेर्न चुनावी मैदानमा आएको दाबी गरेका छन्। उनले विजयी भएपछि सधैँ जनताकै सुख-दुःखमा साथ दिने र जिल्लाको विकासका लागि नयाँ सोचका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्नै गाउँठाउँका शिक्षित र जोसिलो युवालाई उम्मेदवारका रूपमा पाउँदा खुसी व्यक्त गर्दै उनलाई भव्य स्वागत गरेका छन्। मतदाताले उनलाई दोलखाका सस्थानीय समस्या समाधान गरिदिन आग्रह गरेका छन्।

भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ बाट सोमबारदेखि सुरु भएको उनको यो अभियान अहिले जिल्लाका विभिन्न टोल र बस्तीहरूमा पुगेको छ। पहिलो दिन किरणछाया, बोक्सिला र विष्णुटोल पुगेका उनले दोस्रो दिन मकैबारी र क्षमावती क्षेत्रका सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरेका थिए। निर्वाचनअघि जिल्लाका हरेक कुनाकाप्चामा पुगेर मतदाताको राय लिने र आफ्ना योजनाहरू सुनाउने उनको तयारी छ। ठुलो सङ्ख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरूको साथले शिवाकोटीको चुनावी अभियानमा थप ऊर्जा थपेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ