arrow

तीन जना हत्या गरेको अभियोगमा एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
pakrau9.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ मा तीन जना हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

ती अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका-५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।

गत पुस २६ गते बिहान ९ः३० बजेको समयमा सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी नगरपालिका-११ का ३९ वर्षीय नारायण विक, भीमाद नगरपालिका-८ का ५८ वर्षीया देउमाया थापा र नामथर वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेलापरेको थियो ।

घटनापश्चात् तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो ।

नाम, थर र वतन नखुलेका ती पुरुषको शव सनाखतका लागि हुलिया परिपत्र गरी शवगृहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ