arrow

भोजपुरमा पाँच क्विन्टल गाँजासहित १० जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट प्रहरीले ५०० किलो (५ क्विन्टल) गाँजासहित १० जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठ र अन्य नौ जना रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बिहीबार शङ्कास्पद रूपमा ट्र्याक्टरमा गइरहेका उनीहरूलाई प्रहरी टोलीले जाँच गर्ने क्रममा यो सफलता मिलेको हो।

ना७त ३५० नम्बरको ट्र्याक्टरलाई रोकेर खानतलासी गर्दा ४३ वटा बोरामा लुकाएर राखिएको ठूलो परिमाणको गाँजा फेला परेको थियो।

प्रहरीले गाँजा ओसारपसारमा संलग्न सबै अभियुक्तलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको छ भने तस्करीमा प्रयोग गरिएको ट्र्याक्टर पनि नियन्त्रणमा लिएको छ। यति ठूलो परिमाणमा गाँजा कहाँबाट ल्याइएको र कहाँ पुर्‍याउन लागिएको हो भन्नेबारे प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ