arrow

दरबारमार्गको क्लबमा लागेको आगो नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
darbarmarg-aaglagis.jpg

काठमाडौं । काठमाडौँको पर्यटकीय केन्द्र दरबारमार्गस्थित 'ब्ल्याक हाउस डान्स क्लब' मा बिहीबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। बिहान करिब १०:१५ बजेतिर क्लबमा अचानक आगलागी भएपछि सो क्षेत्रमा केही बेर त्रास फैलिएको थियो।

आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थलमा पुगेका थिए। सुरक्षाकर्मी र दमकलको सक्रियताका कारण आगो छिमेकी भवनहरूमा फैलिन नपाई केही समयभित्रै नियन्त्रणमा लिइयो।

आगलागीको कारण र त्यसबाट भएको भौतिक क्षतिको यकिन विवरण भने अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ