arrow

राष्ट्रिय झण्डाको मर्यादा राख्न गृहको निर्देशन: दुरुपयोग गरे कानूनबमोजिम कडा कारबाही हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
ministry-home-affairs.jpg

काठमाडौँ । गृह मन्त्रालयले नेपालको राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा, मर्यादा र स्वाभिमानलाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न सबैमा आग्रह गरेको छ। 

निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुसार राजनीतिक दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रम गर्दा बढीमा १० वटासम्म मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र त्यसबाहेकका प्रचारप्रसारमा यसको प्रयोग गर्न नहुने मन्त्रालयले स्पष्ट पारेको छ। आइतबार जारी गरिएको विज्ञप्तिमा राष्ट्रको प्रतीकका रूपमा रहेको झण्डाको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित र सम्मानजनक बनाउन हाल ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गीतको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ कार्यान्वयनमा रहेको छ। यस कार्यविधिले झण्डाको आकार, फहराउने विधि र निषेध गरिएका प्रावधानहरूका बारेमा स्पष्ट व्यवस्था गरेको छ भने प्रमुख जिल्ला अधिकारीलाई आफ्नो क्षेत्रभित्र यसको नियमित अनुगमन गर्ने जिम्मेवारी सुम्पिएको छ। मन्त्रालयका अनुसार झण्डाको अपमान हुने कुनै पनि कार्य गर्न, यसलाई उल्टो राख्न, च्यात्न, जलाउन, फ्याँक्न वा कुनै सामान पोको पार्न प्रयोग गर्न पाइने छैन।

त्यसैगरी व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले झण्डाको दुरुपयोग गर्न र व्यक्तिले आफ्नो शरीरमा झण्डाको प्रतीक टाँस्दा वा लगाउँदा कम्मरभन्दा मुनिको भागमा प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ। 

शरीरको छातीभन्दा तलको भागमा लगाइने कपडाहरूमा झण्डाको चित्र राख्न नहुने र फहराउने प्रकृतिका कार्यबाहेक अन्यत्र अनावश्यक रूपमा राष्ट्रिय झण्डाको प्रयोग नगर्न मन्त्रालयले सबैलाई सचेत गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ